Incident Reports

दासको हत्यामा श्रीमती, ज्वाइँ र छोराको संलग्नता

2022-12-26

Madhes, Dhanusha, Mukhiyapatti Musarmiya, Ward 3

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा आफ्नै परिवारजनको संलग्नता देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दासकी जेठी श्रीमती, उनको ज्वाइँ र २० वर्षीय छोराको संलग्नतामा हत्या भएको देखिएको हो ।

सोमबार राति प्रहरीले किरिया बसेको छोरासहित तीन जनालाई पक्राउ गरेको छ । उनको हत्यामा प्रहरी पेसामा रहेका ज्वाइँको पनि संलग्नता रहेको स्रोतको दाबी छ । संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाममा कार्यरत एक प्रहरी जवान मृतक दासका ज्वाइँ हुन् । उनकै योजनामा सुटर लगाएर दासलाई गोली हान्न लगाइएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । यद्यपि सुटर अहिले फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अनुसन्धान निष्कर्ष नजिक पुगिसकेको बताएका छन् । बुधबार वा बिहीबारसम्ममा घटनाको अनुसन्धान पूरा भइसक्ने उनले जानकारी दिए । दश दिन अघि साँझको समयमा घरमै दुई जना व्यक्ति पुगेर दासको हत्या गरेर फरार भएको थियो । दास मोटर (पम्प) मर्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनी घरमै ग्यासको पसल सञ्चालन गर्दै आएका थिए ।

मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न गएका व्यक्तिले गोली प्रहार गरी फरार भएको स्थानीयवासीले बताएका थिए । दासका दुई श्रीमती छन् । जेठी श्रीमतीबाट दुई छोरा र कान्छी श्रीमतीबाट एक छोरी छन् । दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports