Incident Reports

अपहरण गरी बन्धक बनाएका आरोपित गिरफ्तार

2022-09-18

Madhes, Saptari, Khadak, Ward 1

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी बन्धक बनाएको आरोपमा खडक नपा–१ सिस्वा बेल्हीका २५ वर्षीय भगवानदत्त यादव पुस २४ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले गाउँघरमै लुकिछिपी बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । खडक नपा–१ सिस्वा बेल्हीका आरोपितसहित ४५ वर्षीय हरी यादव, २६ वर्षीया प्रकाश यादव, ४६ वर्षीया रामनारायण यादव र नामथर नखुलेका अन्य ३÷४ जनामाथि अपहरण गरेको आरोप लागेको छ ।

बोदे बर्साइन नपा–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई ०७८ असोज २ गते राति अपहरण गरी शरिर बन्धक बनाएको भन्दै पीडितका बाबु ७० वर्षीय रामसुन्दर यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा तत्कालै फोनबाट र असोज ५ गते लिखित उजुरी दिनु भएको थियो ।

कल्याणपुर बजारबाट घर फर्किरहेका बेला आरोपितहरूले ना.५७ प ६५६४ नम्बरको रातो अपाचे र नम्बर नखुलेको होण्डा साइन मोटरसाइकल प्रयोग गरी कुटपिट गरी डरधम्की देखाई खडक नपा–११ स्थित खडक नदी किनारको बाटो हुँदै भारततर्फ लैजान लागेको पीडितले बताउनु भएको छ । बन्धक बनाई राखेको अवस्थामा प्रहरीले ०७८ असोज २ गते पीडितलाई सकुशल उद्धार गरेको थियो । पीडितको बोदे बसाईनस्थित स्थानीय मेडिकल पसलमा असोज २ गते उपचार भएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरले ०७८ असोज ५ गते अपहरण तथा शरिर बन्धक उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७८ चैत १ गते अभियोग पत्र दायर भएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
INSEC

0 Comments