Incident Reports

खोटाङमा सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

2023-01-13

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 1

खोटाङ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य) को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन् ।

कुटपिटबाट बालिकाको आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ । बालिकालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको बेला कुटपिट गरेको स्थानीय इश्वरा पाण्डे (ढकाल) ले बताइन् । जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटनालगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए । सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकला विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए । कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो ।

घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो । अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनिताकालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए । घरमा बुवा नभएकोबेला बिनितामाथि कुटपिट भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments