Incident Reports

सल्यानमा आफ्नै मामाद्वारा भान्जाको हत्या

2023-01-15

Karnali, Salyan, Bangad Kupinde, Ward 10

सल्यान — सल्यानमा धारिलो हतियार प्रयोग गरेर आफ्नै मामाले ८ वर्षीय भान्जाको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका २४ वर्षीय डम्मर पुरीले ८ वर्षका भान्जा भिजन घर्तिलाई आइतबार दिउँसो धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

गिरीले घर नजिकैको मन्दिरभित्र लगेर भान्जाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताएका छन् । गिरीले भान्जाको शरीरबाट टाउको अलग पारेको उनले जानकारी दिए ।

उनका अनुसार मानसिक सन्तुलन ठिक नभएका गिरीलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । भान्जाको हत्या गरेका गिरीले शव मन्दिरभित्रै खाल्डा खनी गाडेको प्रहरीले जनाएको छ । अहिले घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रनाउ केसीले बताए ।

हत्याको कारण खुल्न नसके पनि मानसिक सन्तुलन गुमाएकै कारण हत्या गरेको हुन सक्ने बुझिए पनि हत्या गर्ने गिरी मानसिक रोगी भए नभएको स्वास्थ्य परीक्षणपछि मात्र खुल्ने उनले जानकारी दिए ।

उनका अनुसार स्थानीयले फोनमार्फत खबर गरेपछि घटनाबारे खुलेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments