Incident Reports

प्रदर्शनकारीहरूले पत्रिका जलाए l

2014-09-29

Madhes, Saptari, Hanumannagar Kankalini

१च ४४४३ नम्बरको पिकअप गाडिमा रहेको कान्तिपुर तथा काठमाडौ पोष्ट पत्रिका अपरिचित मानिसहरूको समूहले असोज ११ गते विहान जलाएका छन्। बिराटनगरबाट पत्रिका बोकेर आएको कान्तिपुर पब्लिेकेशनको पिकअप गाडिबाट ३ हजार प्रति पत्रिका निकालेर जलाएको डिएसपी केदार ढकालले जानकारी दिए । राज्यद्रोहको अभियोगमा गिरफ्तार भएका सीके राउतको रिहाईका लागि गरिएको विरोध प्रदर्शनको समाचार प्रकाशित नगरेको भन्दै प्रदर्शनकारीहरूले चालक कृष्ण धिमालको मोवाइल नियन्त्रणमा लिई पत्रिकामा आगो लगाई फरार भएको सहचालक सुरेश चौघरीले बताए । फरार आरोपितहरूको खोजतलाश भइरहेकोर् इलाका प्रहरी कार्यालय हनुमाननगरका सई मनोज यादवले बताए । समाचार नछापिएको विषयमा पत्रिका जलाउने कार्यप्रति खेद व्यक्त गर्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रकाश खतिवडाले असोज ११ गते एक विज्ञप्ति जारी गरी दोषीमाथि कारबाही गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis