Incident Reports

बालिका बलात्कार प्रयासको आरोपमा प्रहरीमा उजुरी l

2014-09-27

Lumbini, Dang, Lamahi

Gaman Singh Khadka दाङ । ०७१ असोज १२ गते १० वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सतबरिया-८ का ३६ वर्षीय थलबहादुर वली (सुरेश) विरुद्ध वडा प्रहरी कार्यालय लमहीमा पीडित परीवारले असोज ११ उजुरी दिएका छन् । असोज ७ गते साथीको घरमा सुत्न गएकी बालिका राती रुन थालेपछि छिमेकी र आमाले घटना थाहा पाइ प्रहरीलाई खबर गरेका थिए । निदाएको अवस्थामा आफूले लगाएका सबै कपडा फुकालेर आरोपितले जबरजस्ती गर्न खोजेपछि आफू रोएको पीडित बालिकाले बताइन् । राप्ती उपक्षेत्रीय अस्पताल लमहीमा असोज ११ गते बालिकाकाको स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई वडा प्रहरी कार्यालय लमहीले असोज १० गते गिरफ्तार गरेको थियो । पीडित परिवारबाट उजुरी आएकाले घटनाको थप अनुसन्धान गरी कानून बमोजिम कारवाही गर्ने वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर लक्ष्मण बहादुर शाहीले बताए । गमनसिंह खड्का

0 Comments

Related Reports
Related Trend Analysis