Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-01-13

Bagmati, Lalitpur, Mahalaxmi, Ward 15

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्ला बिरगन्ज महानगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१५ हात्तीवन बस्ने ५० वर्षीय कजय बम मल्ललाई प्रहरीले ०७९ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा गई पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो । घटनापछि लुकीछिपी हिँडेका आरोपितलाई उनकै निवासबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ ३ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments