Incident Reports

प्रहरीको कुटपिटबाट तीन बालक घाइते l

2014-09-28

Lumbini, Bardiya, Gulariya

Man Bahadur Chaudhary बर्दिया । ०७१ असोज १२ गते गुलरिया नपा-१ जगमोहन चोकमा प्रहरीले कुटपिट गर्दा तीनजना बालक घाइते भएका छन् । जगमोहन चोक अगाडि असोज १० गते साँझ खोरखोडे खेलाई रहेको अवस्थामा उक्त स्थान आईपुगेका गुलरिया नपा-१ स्थित प्रहरी चौकीका इञ्चार्ज असई हेमराज शर्मा र उनी सँगै आएका अर्का प्रहरी जवानले कुटपिट गरेको पीडित बालकले बताए । बालकहरूलाई प्रहरीले कुटपिट नगरेको बरु खोरखोडे खेलाई रहेको बालकहरू प्रहरी देखेपछि भाग्न खोज्दा लडेर चोट लागेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरेन्द्र कुमार बस्यालले बताए । घटनाको सत्यतथ्य छानविन गर्न समिति बनाएको र प्रहरीको गल्ती गरेको पाए कारवाही गर्ने एसपी बस्यालले बताए । घाइते बालकहरूमा गुलरिया नपा-१ का १४ वर्षीय युवराज विक, गुलरिया नपा-२ का १७ वर्षीय प्रमोद चाई र गुलरिया नपा-३ का १३ वर्षीय दिपक ठटेर रहेका छन् । घाइते युवराज विकको छाती र दाहिने ख्ट्टाको बुढिओलामा गहिरो चोट लागेको छ र अन्य दुईजनाको ढाडमा चोट लागेको छ । घाइते तिनैजनाको जिल्ला अस्पताल गुलरियामा उपचार गरिएको छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis