Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2022-05-01

१५ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा भिनाजु नाता पर्ने भारतको बरेली घर भएका २२ वर्षीय दयाराम गुप्ता विरुद्ध पीडित पक्षले माघ ८ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका छन् । पीडित बालिकालाई विभिन्न प्रलोभनमा पारी वैशाख १८ गते बलात्कार गरेपछि बालिकाको गर्भ रहन गएको र हाल बालिकाले छोरीको जन्म दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिकाले माघ २ गते पेट दुखेको र अलि सन्चो नभएको बताएपछि बेलौरीको कलकत्तास्थित पोलिक्लिनिकमा अल्ट्रासाउण्ड र पिसाब चेकजाचँ गर्दा गर्भवती रहेको खुल्न आएको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बलात्कारपछि गर्भ रहन गएको र आठ महिना पुरा भएकोले गर्भपतन गराउन नसकिने स्वास्थ्यकर्मीहरुको भनाइ अनुसार बालिकालाई घर ल्याइएको र माघ ४ गते बालिकाले घरमै छोरी जन्माएको पीडितका बुबाले बताउनु भयो । हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुबै जना आफूसँगै बस्दै आएको समेत पीडितका बुवाको भनाइ छ । ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर दानबहादुर भण्डारीका अनुसार यस अघि वैशाख १९ गते ती युवक र बालिकालाई भारत भागेर जान लागेको अवस्थामा बोर्डरबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइको थियो । पीडित परिवारले दिएको उजुरीका अधारमा घटनामा संलग्न फरार आरोपितको खोजी कार्य भइरहेको समेत इन्स्पेक्टर भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments