Incident Reports

आईओएमका आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप

2023-01-24

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान(आईओएम) का आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टेल सुधार समूहको संयुक्त आन्दोलनमा आईओएम प्रशासनले प्रहरी प्रशासनको बलमा हस्तक्षेप गरेपछि झडप भएको विद्यार्थीले जनाएका छन् ।

अभियानका केन्द्रीय संयोजक मनिष भट्टराईले डिन कार्यालयमा विद्यार्थीले लगाएको ताला प्रशासनले तोडेपछि दुई पक्षबीच झडप भएको बताए । यसअघि पनि प्रशासनले विद्यार्थीहरूलाई धम्क्याउँदै आएको उनले बताए । 'चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले विभिन्न माग राखेर अनशनलगायतका आन्दोलन गर्दै आएको थियो ।

मंगलबार प्रशासनले प्रहरी बल प्रयोग गरेर हस्तक्षेप गरेपछि झडप भएको हो,' उनले भने । उनका अनुसार ५/६ जना विद्यार्थीलाई गिरफ्तार गरी छाडिएको छ ।

झडपमा केही विद्यार्थी सामान्य घाइते भएको पनि उनले बताए । अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएको उनले बताए ।

कलेज प्रशासन, होस्टेल समिति र छात्रावास विद्यार्थीहरूको बीचमा रहेको तिक्तता तत्काल समाधान हुनुपर्ने विद्यार्थीहरूको माग छ । तत्काल क्याम्पसमा अध्ययनरत सबै गरिब तथा जेहेन्दार विद्यार्थीलाई दीर्घकालीन रूपमा छात्रावासको व्यवस्था हुनुपर्ने पनि उनीहरूको माग छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Excessive Use of Force
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation Students
Actor 2 - Youth na
National/Online Media

0 Comments