Incident Reports

दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी

2023-01-25

Madhes, Sarlahi, Godaita, Ward 10

मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा गोडैता नगरपालिका–१० सिसौटियाका २५ वर्षीय पति मो.समिर खानले कुटपिट गरेको आरोपमा पीडितले ईलाका प्रहरी कार्यालय गोडैतामा माघ १० गते उजुरी दिएकी छिन् । पतिको कुटपिटबाट खातुनको बायाँ हातमा र बायाँ खुटामा चोट लागेको तथा बायाँ हातमा तीन ओटा टाँका लगाइएको पीडित महिलाकी बुबा ४७ वर्षीय मो. नसारुदिन खानले बताउनु भयो ।

पीडितको उपचार माघ चार गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरीएको पिडितकी बुबाले बताउनुभयो । २०७७ फागुन महिनामा सैमुल खातुन र मो.समिर खानबीच मुस्लिम परम्परा अनुसार निकाह भएको थियो । निकाहमा एक लाख पचास हजार रुपियाँ, आठ आना सुन, घरका अन्य सरसमान दिएपनि थप दाइजो नल्याएको भन्दै शारीरिक तथा मानसिक यातना दिने गरेको पीडित पक्षको आरोप छ । घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय गोडैताका सई रामप्रवेश यादवले जानकारी दिनु भयो । हाल आरोपित ‘फरार’ रहेकोले खोजी कार्य भइरहेको उहाँले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments