Incident Reports

पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

2023-01-29

Bagmati, Dolakha, Melung

पूर्व प्रेमिकाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक युवकलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। दोलखा, मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पीडित युवतीसँग चिनजान गरेका थिए। कुराकानी बढेसँगै उनीहरू प्रेम सम्बन्धमा बसे। त्यतिबेला शारीरिक सम्बन्ध हुँदा खिचिएका अश्लिल फोटो तथा भिडिओहरू सम्बन्ध टुटिसकेपछि खड्काले आफ्ना साथीहरूलाई पठाएका थिए। त्यसरी अनावश्यक दु:ख, हैरानी र चरित्रहत्या गरेको भन्दै पीडित ब्युरोमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। काठमाडौं जिला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments