Incident Reports

बाढी पीडितलाई सहयोग हस्तान्तरण

2014-09-29

Durga Thapa Magar सुर्खेत । ०७१ असोज १३ गते इन्सेक केन्द्रीय कार्यालयको समन्वयमा सुर्खेतका बाढीपीडितलाई सहयोगबापत ५१ हजार १ सय रुपैयाँ असोज १३ गते हस्तान्तरण गरिएको छ । इन्सेकद्वारा सञ्चालित साझा बुझाईका लागि सामूहिक पहल शिशु परियोजना सुर्खेतकी संयोजक टिका विष्टले निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतमार्फ सो राहत सहयोग रकम हस्तान्तरण गरेकी हुन् । संयोजक विष्टले परियोजना सञ्चालित हरिहरपुर, छिन्चु र उत्तरगंगा गाविसका बाढी पीडितहरुलाई उपलब्ध गराउन निमित्त प्रजिअ बस्नेतलाई अनुरोध गरेको बताइन् । इन्सेकको समन्वयमा रेसिडेन्सी बालकोट ललितपुरबाट सो राहत सहयोग प्राप्त भएको परियोजना संयोजक विष्टले बताइन् । दुर्गा थापा

0 Comments

Related Reports
Related Trend Analysis