Incident Reports

दाङमा कारागारभित्रै महिला बलात्कृत भएको खुलासा

2023-01-30

Lumbini, Dang, Tulsipur

ठगी मुद्दामा कैद भुक्तान गरिरहेकी दाङ तुुलसीपुरकी ३० वर्षिया एक महिला कारागारभित्रै बलात्कृत भएको खुलासा भएको छ । तुुलसीपुर कारागार कार्यालयमा कैद भुक्तान गरिरहेकी पीडित महिला बलात्कृत भएको खुलासा भएको हो । कार्तिक १७ गते दिउँसो २ बजे उक्त घटना भएपनि गुपचुप राखिएको उक्त घटना सोमबार मात्रै बाहिर आएको हो । प्रहरीका अनुसार कारागार कार्यालयको भान्सा कोठामा महिला बलात्कृत भएकी थिइन् ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्म्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले उनीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुुलसीपुरका सूचना अधिकारी पर्वत केसीका अनुसार पीडित महिला र पीडक चौधरी कारागार कार्यालय तुुलसीपुरको चौकिदार रहेका थिए । कारागार भित्रको आन्तरिक व्यवस्थापनको जिम्मेवारी समेत उक्त पीडित महिला र पीडक चौधरीले समाल्दै आइरहेकाले पीडकले पीडित भान्सा कोठामा पसेको मौका छोपेर बलात्कार गरेको उनको भनाइ छ ।

घटनालगत्तै पीडितले कारागार कार्यालय तुुलसीपुरमार्फत इलाका प्रहरी कार्यालय तुुलसीपुरमा जाहेरी दिएकी थिइन् । पीडितको जाहेरीका आधारमा घटनाको अनुसन्धान गरी गत कार्तिक २८ गते नै सहकारी वकिल कार्यालयमा मार्फत जिल्ला अदालत दाङमा घटना बुुझाएको केसीले बताए । उक्त घटना हाल दाङ देउखुरी जिल्ला अदालत दाङमा विचाराधिन अवस्थामा रहेको छ । पीडितलई कारागार कार्यालय तुलसीपुरमा राखिएको छ भने पीडक चौधरीलाई घोराही कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय तुलसीपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments