Incident Reports

खानलाउन नदिएको भन्दै पतिविरुद्ध प्रहरीमा उजुरी

2014-09-28

Bagmati, Kathmandu, Kathmandu

Bibek Dhungana काठमाडौँ । ०७१ असोज १३ गते दोलखा जिल्ला मागापौवा गाविस-६ घरभई हाल काठमाडौँ मनपा-२१ डेरा गरी बस्ने अमिषा खड्काले खानलाउन नदिएको भन्दै पति २६ वर्षीय सुमन खड्काविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा असोज १२ गते उजुरी दिएकी छन् । पति सुमन अन्य केटीसँग सम्बन्ध राखी बाहिर हिड्ने र आफूमाथि चारित्रिक लाञ्छना लगाई मानसिक तथा शारीरीक यातना दिने गरेको पीडितको आरोप छ । उजुरीसँगै सेवा केन्द्रकी गिता थापाले आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अघि बढाउन महानगरीय प्रहरी प्रभाग कोटेश्वरलाई पत्राचार गरेको बताइन् । पीडित अमिषाको सुमनसँग ०७० सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis