Incident Reports

अपहरित व्यापारीको हत्या भएको अवस्थामा लास फेला

2014-09-28

Bagmati, Chitawan, Chitwan National Park

Nandaram Poudel कपिलवस्तु । ०७१ असोज १३ गते कृष्णनगर नपा-४ का कपडा व्यापारी ३५ वर्षीय श्यामसुन्दर मित्तल असोज १२ गते हत्या भएको अवस्थामा लास फेला परेको छ । मित्तललाई ०७१ साउन २८ गते कृष्णनगरको चन्द्रौटाबाट दुईजना अपरिचित व्यक्तिले अपहरण गरी मोटरसाइकलमा राखेर बेपत्ता बनाएका थिए । अपहरण भएको डेढ महिनापछि ०७१ असोज १२ गते कपिलवस्तु नपा-२ स्थित ज्ञानचन्द्र कसोधनको घरको सेफ्टीट्यांकीमा सडेगलेको अवस्थामा उनको लाश फेला परेको छ । परिवारले अपहरण भएको भन्दै खोजबिनका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा निवेदन दिएकोमा प्रहरीको विषेश टोलीले अनुसन्धान गरी लाश फेला पार्नुका साथै शंकास्पद तीन जनालाई गिरफ्तार गरेको छ । अपहरणकारीले फिरौति माग गरेकोमा परिवारले दिन नसकेपछि हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले कपिलवस्तु नपा-४ का बप्लु मुराउ , कपिलवस्तु नपा-२ का कृष्ण कसोधन र सतिस कसोधन लाई ०७१ असोज १२ गते गिरफ्तार गरेको छ । आरोपितहरूलाई अपहरण तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने एसपी विक्रम गुरुङले बताए । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis