Incident Reports

ठेला तथा फुटपाथ व्यवसायीको धर्ना

2023-02-02

Lumbini, Banke, Kohalpur, Ward 2

कोहलपुर नगरपालिका क्षेत्रमा ठेला तथा फुटपाथ व्यवसाय गरिरहेका साना व्यवसायीले कोहलपुर नगरपालिकामा धर्ना दिएका छन्। ठेला तथा फुटपाथ व्यवसायको उचित व्यवस्थापन माग गर्दै उनीहरूले कोहलपुर नगरपालिकापरिसरमा धर्ना दिएका हुन्। ठेला तथा फुटपाथ व्यवसायीलाई स्थानीय सरकारले बल प्रयोग गरेर जबर्जस्ती विस्थापित गर्न खोजेको भन्दै छिटोभन्दा छिटो वैकल्पिक स्थानमा सुनिश्चित गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

नगरपालिकाले आफूहरूका समस्या नसुन्ने, सामान जफत गर्ने तथा धरकपड नगरी नियमअनुसार व्यवसाय गर्ने वातावरण सिर्जना गरिदिन उनीहरूले नगरपालिकालाई अनुरोध गरिरहेका छन्। कोहलपुर नगर क्षेत्रभित्र फुटपाथमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी पछिल्लो समय आन्दोलित भएका हुन्। व्यवसायलाई २०७९ असार १ गतेदेखि नवीकरण नगरेर विकल्पविना व्यवसाय गरिरहेको ठाउँबाट उठाएको उनीहरूको गुनासो छ। फलफूल व्यवसायी ज्योति परियारले कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यलाई आफूहरूले भेटेर समस्या राख्न खोज्दासमेत समय नै नदिएको गुनासो गरिन्। नगरपालिकाले ठेला व्यवसायीलाई पेल्ने नीति लिएको उनको भनाइ छ। उनले नगरपालिकाले तोकेको अल्पकालीन स्थल व्यवसायीको पायक नपर्नेसमेत बताइन्।

मंगलबार उनीहरू नगरपालिकाभित्र पस्न खोज्दा नगर प्रहरीले अवरोध सिर्जना गरेको थियो। अर्की व्यवसायी जौमती धामीले पनि व्यवसाय गर्न लाग्दा नगर प्रहरीले ज्याजती गर्दै अपमानित शब्द प्रयोग गर्ने गरेका बताइन्। नगरपालिकाले वैकल्पिक व्यवस्थापन गर्नुभन्दा गरिबदुःखीको रोजीरोटी खोसेको उनको भनाइ छ। नगरपालिकाले काम गरी खाने वर्गलाई अन्याय गरेको उनले बताइन्। सिर्जित समस्याको समाधान तुरुन्त निकाल्नुपर्ने अर्की व्यवसायी पूर्णकुमारी श्रेष्ठले बताइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis