Incident Reports

बालिका बलात्कारका आरोपित विरुद्ध उजुरी

2014-10-13

Lumbini, Gulmi, Chandrakot

San Bahadur Thapa कास्की । ०७१ असोज २८ गते १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा लामाचौर गाविस-१ का २५ वर्षीय प्रकाश नेपालीविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा असोज २८ गते गिरफ्तार उजुरी दिएका छन् । आरोपित नेपालीले बालिकालाई असोज २६ गते फकाइफुलाइ लामाचौर गाविस-१ स्थित ढाँड भन्ने जङ्गलमा पुर्‍याइ बलात्कार गरेको उजुरीमा उल्लेख छ । घटनामा संलग्न आरोपितलाई प्रहरीले असोज २८ गते नै गिरफ्तार गरी जबरजस्तीकरणी उद्योगअर्न्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौतम मिश्रले बताए । पीडितको असोज २८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भयो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis