Incident Reports

सामूहिक बलात्कारका आरोपितहरूलाई ११ वर्षकैदको फैसला

2014-10-14

Durga Pariyar सिरहा । ०७१ असोज २८ गते सामूहिक बलात्कारका आरोपितहरू मुक्सार गाविस -६ का १८ वर्षीय नजामुदिन, १९ वर्षीय मनोज ठाकुर र १९ वर्षीय दाउद अलीलाई जिल्ला अदालतले असोज २७ गते जनही ११ वर्षकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बिनोदकुमार पोखरेलको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल राजेशकुमार कटुवालले बताए । बलात्कार गरेको आरोपमा ६ वर्षकैद र सामूहिक बलात्कार गरेको आरोपमा ५ वर्षकैद गरी जम्मा ११ वर्षकैदको फैसला भएको र पीडित बालिकालाई जनही ५० हजार क्षतिपूर्ति आरोपितहरूले दिनुपर्ने फैसला भएको सरकारी वकिल कटुवालले बताए । १५ वर्षीया एक बालिकालाई ०७० पुस ६ गते दिउँसो खेतमा गएको बेला सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा पुस १२ गते पीडित परिवारले उजुरी गरेका थिए । पीडित बालिकाको स्वास्थ्य जाँच जिल्ला अस्पताल सिरहामा पुस ११ गते भएको थियो । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis