Incident Reports

बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको रातोपुलमा लगेर हत्या

2023-02-07

Bagmati, Kathmandu, Kathmandu, Ward 4

काठमाडौंको बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको हत्या भएको छ । मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनेर निस्केका ध्रुव खड्कालाई अपरिचित युवकले ‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर हत्या गरेका हुन् । पर्सा घर भएर कपन बस्ने करिब ५५ वर्षका खड्का ‘पार्टी’बाट मूल सडकमा निस्केका थिए । मापसे गरेका उनलाई ‘घर लगिदिन्छु’ भनेर अपरिचित युवकले ट्याक्सिमा चढाए । प्रहरीको अनुसन्धानबाट ती युवक चितवन घर भएर कपन बस्ने राम थापा रहेको थाहा भएको छ । रातोपुल नजिक पुगेपछि खड्कालाई ट्याक्सिबाट उतारेर थापाले ट्याक्सिलाई फिर्ता पठाइदिए । ट्याक्सिबाट उतारेर कुटेर बीभत्स तरिकाले उनको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिला हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । हत्यामा संलग्न आरोपमा प्रहरीले राम थापालाई पक्राउ गरेको छ ।

राम थापा रातभर ठमेल र दरबारमार्ग क्षेत्रमा गाँजा बेच्छन् । लागुऔषध दुर्व्यसनीको लतमा परेका थापा साइकलमा गाँजा बेच्दै बत्तिसपुतली पुगेका थिए । ध्रुव मापसे गरेर हिँडेको र एक्लै देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि ध्रुवको पर्स, मोबाइल र कम्मर पेटी उनले लिएर हिँडेका थिए । हत्यापछि बागबजार क्षेत्रमा घुमेर राति १ बजेतिर घटनास्थलमा पुगेर उनले मृत्यु भएको वा नभएकोबारे यकिन गरेका अनुसन्धानबाट खुलेको छ । आरोपीलाई कपनबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports