Incident Reports

शव भेटिएपछि माइती पक्षको प्रदर्शन

2014-10-13

Bagmati, Nuwakot, Belkotgadhi

Nawadip Shrestha नुवाकोट । ०७१ असोज २८ गते दशैँमा टिका लगाउन माइत हिँडेकी जिलिङ -३ की ३१ वर्षीया सीता दाहालको शव २०७१ असोज २६ गते धादिङ जिल्लाको कुम्पुर गाविसको घाटबेसीको पुल नजिकै त्रिशुली नदीको किनारमा भेटिएपछि बिदुरमा असोज २७ गते माइतीपक्षले प्रदर्शन गरेको छ । मृतक सीता असोज १८ गते माइती खड्गभञ्ज्याङ -५ माझगाउँ जान घरबाट निस्किए पनि बाटैबाट बेपत्ता भएकी थिइन् । हराइरहेकी सीताको हत्या भएको दावी गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै खड्गभञ्ज्याङ्का महिलाहरूले दिनभर प्रहरी कार्यालयमा नाराबाजी गरेका छन् । माइतीपक्षले मृतकको पतिसहित तीन जना विरुद्ध दिएको किटानी जाहेरी भने दर्ता गरेको छैन । शव धादिङमा भेटिएकोले किटानी जाहेरी लिने र घटनाको अनुषन्धानमा धादिङ प्रहरीमार्फ गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सीता बेपत्ता भएपछि माइतीपक्षले ठाडो उजुरीको आधारमा श्रीमान ३३ वर्षीय कृष्णप्रसाद दाहाल, ५७ वर्षीय सासु टिकादेवी दाहाल र मृतककी देउरानी २६ वर्षीया इश्वरी दाहाललाई गिरफ्तार गरेको भए पनि हाल उनीहरूलाई सार्वजनिक अपराध ऐन अर्न्तगत अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश शर्माले जानकारी दिए । शव भेटिएकोले अब शवको पोष्टमार्टम रिपोर्टको आधारमा अनुषन्धान प्रक्रिया अघि बढ्ने र यसमा धादिङ प्रहरीसँग सहकार्य गरि अघि बढ्ने शर्माले बताए । प्रहरीले मृतकको श्रीमान सहित चार जनालाई असोज १९ गते गिरफ्तार गरेको हो । गिरफ्तार मध्ये मृतकका ससुरालाई भने प्रहरीले असोज २० गते रिहा गरिसकेको छ । नवदीप श्रेष्ठ

0 Comments

Related Reports
Related Trend Analysis