Incident Reports

बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट

2023-02-06

Madhes, Mahottari, Bardibas, Ward 12

महोत्तरीको बर्दिबासमा एक बलकमाथि ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ । बर्दिबास १२ बस्ने १४ बर्षीय इन्द्रजित कुमार महतोलाई खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापुर्वक कुटपिट गरेका हुन् । पीडित परिवारकाअनुसार स्थानीय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरेका थिए । उनीहरुको कुटपिटबाट बालकको शरिरभरि चोटपटक लागेको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार इन्द्रजितलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएका थिए । २३ माघमा भएको उक्त घटना खुलेको हो । इन्द्रजित महतोले भने, मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे । खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे, टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।,

इन्द्रजितको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिड्डुल गर्न समेत समस्या वनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन् । महतोको ढाडमा लठ्ठीको सुम्ला देखिन्छन् भने खुट्टामा समेत गहिरो निलडाम छ । सो घटनापछि इन्द्रिजितकी आमा कोशिला देविलाई समेत घरमा आएर ती युवाहरुले अभद्र व्यवहार गरेको आरोप छ । कुटपिट गर्ने युवाहरुलाई कडा कारवाही गर्न इन्द्रजितको परिवारले माग गरेको छ ।

यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएपनि प्रहरीले वास्ता नगरेको उनीहरुको आरोप छ । हात्तिलेट प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएपनि पीडित जाहेरी दिन नआएको बताए । तर पीडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेको छ । प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments