Incident Reports

गोरखामा महिला हत्या आरोपमा दुई जना पक्राउ

2023-02-07

Gandaki, Gorkha, Gorkha, Ward 12

गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेका छन् । यही माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या गरेको भनी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । घटना पश्चात फरार रहेका चन्द्रलाई कन्चनपुरको महेन्द्रनगरबाट र धिरजलाई गोरखा नगरपालिका–१२ बाट पक्राउ गरिएको प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । उनीहरु बिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports