Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-02-10

Gandaki, Parbat, Phalebas, Ward 9

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फलेवास नगरपालिका– ९ भंगराका ४८ वर्षीय दलबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २७ गते गिरफ्तार गरेको छ । बालिकालाई माघ २७ गते घरमा बसिरहेको समयमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय पर्वतमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाका आफन्तले माघ २८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा लिखित उजुरी दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले माघ २९ गते सरकारी वकिल कार्यालय मार्फत १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । पीडित बालिकाको माघ २९ गते पर्वत अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments