Incident Reports

बलात्कारको आरोपित पुर्पक्षका लागि थुनामा

2014-10-12

Bagmati, Makawanpur, Raksirang

Pratap Bishta सिरहा । ०७१ असोज २९ गते कथित बोक्सीको आरोपमा कुटपिट गर्ने बेल्हा गाविस -३ का ५० वर्षीय भुल्कुन साह र सोही गाविस- ५ का ४५ वर्षीय तपेश्वर मुखियालाई जिल्ला अदालतले असोज २७ गते जनही १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । जिल्ला अदालतका न्याधीश बिनोद कुमार पोखरेलको एकल इजलाशले सो फैसला गरेको सरकारी वकिल राजेश कुमार कटुवालले बताए । बेल्हा गाविस -२ कि ४७ वर्षीया चन्दनदेवी साहलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा असोज १३ गते ५ जना आरोपितविरुद्ध उजुरी हालेकी थिइन् । बेल्हा गाविस- ५ का तपेश्वर मुखियाको १४ वर्षीय छोरा राजु मुखियालाई असोज १० गते सर्पले टोकेर उपचारको क्रममा मृत्यु भएपछि चन्दनदेवीले नै बोक्सी लगाएर सर्पलाई टोक्न लगाएको भन्दै २ सय जति गाउँलेहरूले पीडितको घर घेरा हाली हातपात गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रामकृपाल साहकाअनुसार घटनाका आरोपितहरू मध्ये दुई जनालाई लाई असोज २२ गते गिरफ्तार गरेको बताए । अन्य आरोपितहरू फरार रहेकोले उनीहरूको खोजतलाश भइरहेको एसपी साहले बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis