Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-02-10

Bagmati, Ramechhap, Sunapati, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनापति गाउँपालिका–२ का रविन थापा मगरलाई ०७९ माघ २८ गते प्रहरीले हिलेदेवीबाट गिरफ्तार गरेको छ । माघ २७ गते साँझ गाल्पा बाजारबाट घर जने क्रममा बालिकाको पछि लागेका थापाले घर नजिकै खोल्सोमा पुगेपछि बलात्कार गरेको पीडित बालिकाको भनाई छ । पीडित बालिकाले हारगुहार गरेपछि स्थानीय जम्मा भएका थिए । स्थानीय भेला भएपछि भागेका थापालाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको हो ।

पीडित पक्षले माघ २८ गते नै प्रहरीमा उजुरी दिएका थिए । पीडित बालिकाको सोही दिन मन्थली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । आरोपिलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी इन्सपेक्टर राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments