Incident Reports

बलात्कारको घटनाको उजुरी दर्ता

2023-01-25

Madhes, Saptari, Kanchanrup, Ward 11

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–१० बदगामा भौडाहा टोलका ३० वर्षीय चन्दन खत्वे विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २४ गते उजुरी दर्ता गरेको छ । घरको दक्षिण तर्फको कोठामा एक्लै सुत्ने गरेकी पीडित निदाएका बेला माघ ११ गते राती प्रवेश गरेका आरोपितले गर्भमा रहेको बालक मारि दिने धम्की दिई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितका पति मजदुरी गर्न तीन महिना अघि भारतको पञ्जाब गएको र पीडित सासु, ससुरासँग बस्दै आउनु भएको छ । बलात्कार गरेका आरोपित टाटीबेरा भत्काई भागेको पीडितले बताउनु भयो । पीडितले माघ १२ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएपछि सोही दिन पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ । आरोपित फरार रहेको र खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूपले जानकारी दिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments