Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2023-02-07

Madhes, Saptari, Tirahut, Ward 3

४५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान यादवविरुद्ध माघ २६ गते उजुरी दर्ता भएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरूपले माघ २५ गते आरोपितलाई गिरफ्तार गरी माघ २६ गते उजुरी दर्ता गरेको जनाएको छ । आरोपितबाट माघ २४ गते राति बलात्कार प्रयास भएको भन्दै पीडितले माघ २५ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिनुभयो । पीडितका छोरा मजदुरीका लागि काठमाडौंमा रहेको तथा घरमा बुहारी, १ नाती र १ नातिनीसँगै बस्ने, सुत्ने गरेकी थिइन् । पीडितको घरआँगन छेउमै रहेको शौचालय जाँदा आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो । पीडितका अनुसार होहल्ला गरेपछि बुहारीले थाहा पाई होहल्ला गर्दा आरोपित फरार भए । पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape Attempt
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments