Incident Reports

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

2023-02-17

Karnali, Humla, Kharpunath, Ward 2

खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ । फागुन ५ गते रातिको समयमा सिमकोट गाउँपालिका–५ स्थित बजारमा भाडामा बस्दै आएको घरमा आफ्नी छोरिलाई हत्या गरेको भन्दै मृतकका वुवा ढुडोल लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको इन्स्पेक्टर गिता प्रसाद चौधरीले बताउनु भएको छ । इन्स्पेक्टर चौधारीका अनुसार घटना के कति कारणले भयो त्यसको भने खुलि नसकेको र सो विषयमा अनुसन्धान भई रहेको छ । शवको पोष्टमार्टम फागुन ७ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ । आफन्तले दुईदिन बितिसक्दा पनि शव अझै बुझ्न नमानेको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments