Incident Reports

महिलामाथि खुकुरी प्रहार

2023-02-19

Karnali, Salyan, Chhatreshwori, Ward 3

सल्यानमा एक महिलाले भाउजु नाता पर्ने महिलालाई खुकुरी प्रहार गरेकी छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका ३ मुलखोला बस्ने प्रेम ओलीकी श्रीमती ३१ वर्षीया दुर्गा ओलीले नातामा भाउजु पर्ने दुर्गी खड्कालाई शनिबार बेलुका खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट दुर्गीको घाँटीको बायाँ भाग र कान काटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । आपसमा भएको सामान्य विवादका कारण आवेशमा आएर दुर्गा ओलीले दुर्गी खड्कालाई खुकुरी प्रहार गरेको उनले जानकारी दिए ।

उनका अनुसार गम्भीर घाइते भएकी दुर्गी खड्काको जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ । अहिले उनको नर्सिङ होममा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने दुर्गा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको तर खुकुरी नभेटिएको सूचना अधिकारी प्रहरी निरीक्षक खनालले जानकारी दिए । उनका अनुसार उनलाई ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखिएको छ । घटनाको जाहेरी परेमा त्यहिअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports