Incident Reports

हत्या आरोपमा पुरुष पक्राउ

2023-02-20

Gandaki, Tanahun, Rhishing, Ward 3

तनहुँको ऋषिङ गाउँपालिका–४ भीरकोटमा हत्या आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोटकै ३९ वर्षीय सन्तबहादुर सुनार रहेको जिल्ला प्रहरी जनाएको छ । जिल्ला प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार सन्तबहादुरले स्थानीय हाइराम बिकको घरको पिँढीमा बसिरहेका ६१ वर्षीय जितबहादुर घिमिरेलाई आइतबार बिहान १० बजेतिर सालको दाउराले टाउकोसहित संवेदनशील अंगहरुमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते भएका जितबहादुरको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा आइतबार दिउँसो करिब २ बजे मृत्यु भएको हो । उक्त घटनामा संलग्न सन्तबहादुरलाई नियन्त्रणमा लिई सोमबार तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments