Incident Reports

श्रीमतीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा श्रीमान् पक्राउ

2023-02-21

Karnali, Humla, Simkot, Ward 1

सिमकोट – हुम्लामा एक महिलाले तीन दिनअघि ‘आत्महत्या’ गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले महिलाका श्रीमान्‌लाई पक्राउ गरेको छ। महिलाका माइती पक्षले श्रीमान्‌ल‍े आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रहरीमा उजूरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। सिमकोट गाउँपालिका–१ को दोजाम गाउँकी ३२ वर्षीया कुण्डल लामा तीन दिनअघि झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। माइती पक्षले आफ्नी छोरीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै कुण्डलका श्रीमान् गोविन्द कामीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। जाहेरीपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले जानकारी दिए। प्रहरीले उनलाई पक्राउ गरेसँगै आत्महत्या दुरुत्साहनमा अनुसन्धान गर्न अदालतबाट १० दिनको म्याद लिएको छ। कामीले आफ्नो राम्रो ठाउँमा जागिर रहेको भन्दै झुक्याएर, आफ्नो थरसमेत ढाँटेर छोरीसँग बिहे गरेको माइती पक्षको आरोप छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
National/Online Media

0 Comments