Incident Reports

ब्याजदर बढाएको भन्दै वित्तीय संस्थाविरुद्ध धनगढीमा प्रदर्शन

2023-02-21

Sudurpashchim, Kailali, Dhangadhi

बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले यस विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । मनोमानी ब्याजदरका कारण व्यवसायीहरु धराशायी हुँदै गएपछि आन्दोलन गर्नुपरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । ‘एकातिर आर्थिक मन्दी छ । अर्कोतिर बैंकहरुले १६ प्रतिशतसम्म ब्याजदर बढाएर व्यवसायीहरू धराशायी हुँदै गएका छन्,’ ओझाले भने ।

बैंक तथा वित्तीय संस्थाहरुले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म बढाएपछि व्यवसायीहरु व्यवसायबाट पलायन हुने क्रम बढ्न थालेको पनि उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप पनि व्यवसायीहरुको छ । ‘गएको असारअघि १ अंकले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले अहिले दुइ अंकले ब्याजदर बढाएर कालोबजारी गरिरहेको छ,’ उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष अनिल कुमार भुजानीयाले भने ‘पटक पटक अर्थमन्त्री र सरकारलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ हुन सकेको छैन ।’ उपाध्यक्ष भुजानीयाले बैंकहरुले असुल गरिरहेको चर्को ब्याजको मारमा व्यवसायी मात्र होइन सर्वसाधारण पनि परेकाले सरकारले अविलम्ब हस्तक्षेप गर्नु पर्ने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis