Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2023-02-22

Madhes, Sarlahi, Chakraghatta, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चक्रघट्टा गाउँपालिका–५ पिडरियाका ३६ वर्षीय समिर मन्सुरविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन ८ गते पीडितको बुबाले उजुरी दिएको छ ।

पीडितलाई आरोपितले फागुन १ गते पीडितकै घरको उत्तर तर्फ रहेको फूलबारीमा बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितकी बुबा ४२ वर्षीय सकिरा मिकरानीले बताए ।

घटना पश्चात आरोपित मन्सुर फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका इन्स्पेक्टर राकेश यादवले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको अस्पतालका प्रमुख डा. नवलकिशोर सिंहले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments