Incident Reports

विवादपछि दोलखा उद्योग वाणिज्य संघमा ताला

2023-02-23

दोलखा उद्योग वाणिज्य संघको निर्वाचनको तयारी भइरहँदा मनोनयन दर्ता गरेको भोलिपल्ट एक पक्षले बिहीबार कार्यालयमा तालाबन्दी गरेको छ । बुधबार अध्यक्षमा मनोनयन दर्ता गराएका निवर्तमान अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठको प्यानलले संघमा तालाबन्दी गरेको हो । संघको निर्वाचन फागुन १३ गते शनिबार हुँदैछ । निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको थियो । अध्यक्ष पदमा निर्वतमान अध्यक्षसमेत रहेका श्रेष्ठ र दिनेश बस्नेतले अध्यक्ष पदका लागि प्यानलै बनाएर मनोनयन दर्ता गराएका थिए । सर्वसममत हुन नसकेपछि श्रेष्ठ र बस्नेतले उमेदवारी दर्ता गराएका हुन् । श्रेष्ठलाई नेपाली कांग्रेस समर्थित व्यवसायी र बस्नेतलाई नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समर्थित व्यवसायीले समर्थन गरेका छन् ।

लामो समयसम्म विवादका कारण संघको साधारण सभा हुन सकेको थिएन । श्रेष्ठको प्यानालले सदस्यता वितरणमा अनियमितता भएको भन्दै तालाबन्दी गरेको हो । ‘विधान अनुसार साधारण सभामा उपस्थित हुन पाउने भए पनि एक वर्ष नपुगी नयाँ सदस्यले मतदान गर्न नपाउने नियम छ,’ उनले भने, ‘तर अर्को पक्षले सबैले मतदान गर्न पाउनुपर्छ भनेपछि तालाबन्दी गरेका हौं ।’ निर्वाचन समितिले एक हजार एक सय ४३ जना मतदाता नामावली प्रकाशन गरिसकेको छ । श्रेष्ठ अध्यक्ष भएकै कार्यकालमा सदस्यता भएकाहरुको नामावली निर्वाचन समिति बनाएर मतदान गर्न पाउने सदस्यता को नामावली निर्वाचन समितिले प्रकाशन गरेको दाबी बस्नेत पक्षले गरेको छ ।

‘उहाँकै कार्यसमितिले पास गरेको मतदाता नामावली निर्वाचन समितिले प्रकाशन गरेको हो,’ बस्नेतले भने, ‘आफैंले पारित गरेको मतदाता नामावलीमा पुनः किन आपत्ति ?, निर्वाचनमा हारजित हुन्छ, तर संघलाई बन्दी बनाउन पाइँदैन ।’ निर्वाचन समितिका संयोजक सरोज उप्रतीले भने प्रक्रिया अघि बढेकाले निर्वाचन रोक्न नमिल्ने बताएका छन् । ‘प्रक्रिया अघि बढिसक्यो, उहाँहरु सहमति गर्नु हुन्छ भने ठिकै हो । सहमति नभए हामीलाई दिएको जिम्मेवारी पूरा गरेर बुझाउँछौं,’ उनले भने । विवादपछि जिल्ला प्रशासन कार्यालय दोलखामा सहमतिको प्रयासका लागि सर्वदलीय बैठकमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी शेखर पौडेलले बताए । उनले निर्वाचनका सबै प्रक्रिया र मनोनयन दर्तासमेत भइसकेकाले निर्वाचन गराउन तयारी अवस्थामा रहेको बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Chamber of Commerce and entrepreneur's associations
Actor 2 - Youth na
National/Online Media

0 Comments