Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2023-02-15

Province 1, Okhaldhunga, Molung, Ward 4

१४ र १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–१ का ४२ वर्षीय प्रधानाध्यापक योगेन्द्र धमलालाई फागुन १० गते गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिका–२ स्थित गणेश माध्यमिक विद्यालय ढुस्केका प्रधानाध्यापक धमलाले फागुन ३ गते कक्षा नौ मा अध्ययनरत दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयका उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाट गिरफ्तार गरेको जिल्ला जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक केसीले बताउनु भयो । पीडित बालिकाद्घयको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १० गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC

0 Comments