Incident Reports

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा नेवानिका पाइलटलाई जहाज उडाउन रोक

2023-02-24

एयर होस्टेसमाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगम (नेवानि) का पाइलटहरुलाई जहाज उडाउन रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको नेवानिको उडान संख्या आरए–४१६ को चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक तथा दुर्व्यवहार गरेको आरोप लागेको छ । यस विषयमा उजुरी परेपछि प्राधिकरणले पाइलटहरुलाई उडानमा रोक लगाएको छ । सो उडानका सबै सदस्यहरुलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको जानकारी गराएको छ । प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments