Incident Reports

नाबालिगलाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

2023-02-26

Bagmati, Lalitpur, Lalitpur

काठमाडौँ । दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ । चिनियाँ नागरिकले पोखरा महानगरपालिका–१० रामबजार घर भएका दुईजना नाबालिगलाई काठमाडौँ बोलाएर ललितपुरको सोह्रखुट्टेमा रहेको भाडाको घरमा बलात्कार गरेको आरोप छ ।

मङ्सिर १० मा जावलाखेल १७ (परिवर्तित नाम) र मङ्सिर ११ मा राति जावलाखेल १८ (परिवर्तित नाम) लाई ललितपुरमा बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन् । त्यस्तै आरोपीले बलात्कार गर्ने उद्देश्यले अर्की एकजना नाबालिगलाई झापाबाट काठमाडौँ बोलाएको थाहा भएको छ । ३ जना पीडितले उनीबिरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी दिएका छन् । चिनियाँले बलात्कार प्रयास गरेको बालिका झापाको मेचिनगर नगरपालिका–११ की स्थानीय हुन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments