Incident Reports

लघुवित्त संस्थाविरुद्ध सल्यानमा महिलाको प्रदर्शन

2023-03-01

सल्यान — लघुवित्तका कारण आफूहरु चर्को ब्याजको मारमा परेको भन्दै सल्यानको सदरमुकाम खलंगामा महिलाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घन्टा धर्ना समेत दिएका छन् । लघुवित्तले स्थानीय तथा आर्थिक अवस्था कमजोर भएका महिलाको आयस्तर उकास्नमा सहयोग पुर्‍याउने भनिए पनि उल्टै सामन्ती संस्कार विकास भएको भन्दै नाराबाजी गरेका थिए । उनीहरुले सामूहिक रुपमा लिएको ऋण मिनाहा गर्न, आर्थिक अवस्था कमजोर भएकालाई विना ब्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न माग गरेका छन् । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति केन्द्रीय सदस्य मानसिङ विकले ब्याज नबुझाउनेलाई लघुवित्तले दवाव दिँदै आएको बताइन् । लघुवित्तको चर्को ब्याज र ऋणका कारण जिल्लाभर महिला अहिले समस्यामा परेकाले ब्याज समेत बुझाउन नसकिएको उनको भनाइ छ । विगतमा २८ प्रतिशतसम्म ब्याज तिरेको उनले दाबी गरिन् । विरोध प्रदर्शनमा सहभागी महिला विमला रोकाले भनिन् ‘विभिन्न लघुवित्तबाट एक लाख ऋण लिएकी थिएँ, काम गरेर ब्याज र ऋण तिर्दै आएपनि अहिलेसम्म पहिले जति तिर्नु थियो, त्यति नै बाँकी छ ।’ उनका अनुसार अहिले नियमित काम नआउँदा ब्याज तिर्न हम्मेहम्मे भएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis