Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2023-03-01

Bagmati, Ramechhap, Manthali, Ward 2

मन्थली नगरपालिका-१ मन्थली बजारमा मोटरसाइकल वर्कसप चलाउँदै आएका २५ वर्षीय रमेश महत्तोलाई कुटपिट गरेको आरोपमा सर्लाही जिल्ला घर भई मन्थली बस्ने २८ वर्षीय प्रहरी जवान सञ्जीव यादवलाई प्रहरीले ०७९ फागुन १७ गते देवकोटा चोकबाट गिरफ्तार गरेको छ ।

आर्थिक कारोबारको विषयलाई लिएर भएको विवादमा यादवले महत्तोलाई कुटपिट गरेको स्थानीय पत्रकार मिलन घिमिरेले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी मातेका यादवको कुटपिटबाट महत्तोको आँखामाथि चोट लागेर रगत बगेको घिमिरेले बताउनुभयो ।

प्रहरीले महत्तोलाई उद्धार गरी उपचारको लागि फागुन १७ गते रामेछाप सामुदायिक अस्पतालमा पुर्‍याएको थियो ।

घाइते महत्तोको अवस्था सामान्य रहेको रामेछाप सामुदायिक अस्पतालका डा‍‍. केशव सिंह धामीले जानकारी दिनुभयो ।

घटनामा संलग्न महत्तो फागुन ८ गते जिल्ला प्रहरी कार्यालय रामेछापबाट सरुवा भई रमाना बुझेका प्रहरी जवान भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी होमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

घटनाको विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने पराजुलीले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports