Incident Reports

लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेको आरोपमा ६ जना पक्राउ

2023-03-01

Karnali, Jajarkot, Bheri

सुर्खेत । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको छ । मंगलबार साढे ३ बजेतिर भेरी नगरपालिकातर्फ किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्त शाखा कार्यालय जाजरकोटका कर्मचारी गोपाल उपाध्यायमाथि कालोमोसो दलिएको हो । उनी भेरी नगरपालिका अन्तर्गत वडा नम्बर ११ को जग्दिपुरमा किस्ता उठाउन गएका थिए । जाजरकोटका डीएसपी सन्तोष रोक्काले किस्ता उठाउने क्रममा दुई जना कालो मास्क लगाएका अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेको रातोपाटीलाई जानकारी दिए । उपाध्यायको साथमा रहेको केही रकम र झोला समेत अज्ञात व्यक्तिहरूले लिएका थिए । डीएसपी रोक्काले कालोमोसो दल्ने समूहमा संलग्न सम्भावित ६ जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए । ‘को हुन् ? भन्ने खुलेको छैन, हामीले आज पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis