Incident Reports

लोकतन्त्रको न्याय माग्दै जुम्लाका अभियन्ता नन्दराज उपाध्याय

2023-03-03

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– लोकतन्त्रको न्याय माग्दै लोकतान्त्रिक अभियन्ता जुम्लाका नन्दराज उपाध्यायले काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका छन् ।

विदेशमा बस्ने नेपाली नागरिकले मताधिकारको अधिकार पाउनु पर्ने माग राख्दै उनी फागुन १२ गतेदेखि अनशन बस्दै आएका हुन् । उनको अनशनलाई जय महांकाल युवा समुहले पूर्ण समर्थन गरेको छ ।

अनशनरत उपाध्यायले चौथो पुस्ताको आधुनिक लोकतन्त्रमा लोकतान्त्रिक पद्धति अनुसार निर्वाचन नभएको बताएका छन् । राजनीतिक दलका नेताहरुले चौथो पुस्ताको लोकतन्त्रमा संवैधानिक सर्वोच्चता कायम गर्यौं भन्ने तर लागू गर्ने बेला राणा शासनकै नीति लिएको उनको भनाई छ ।

उपाध्याय भन्छन्– ‘अहिले लोकतन्त्र गरिएको निर्वाचन पनि राणा शासनमा गरिएको निर्वाचन भन्दा कम छैन । त्यति बेला पार्टी थिएन, व्यक्ति हेरिन्थ्यो । अहिले गुट हेरिन्छ । जसले गर्दा लोकतन्त्र सहि बाटोमा गएन ।’

आधुनिक लोकतान्त्रिक न्यायका लागि प्राइमरी इलेक्सन, राइट टु रिजेक्ट, राइट टु रिकल र विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार पाउनु पर्ने उनको माग रहेको छ ।

उक्त विषयमा निर्वाचन आयोग, संघिय मामिला तथा कानुन मन्त्रालयको नाममा सर्वोच्च अदालतले २०७४ चैत ७ गते निर्देशनात्मक आदेश जारी गरे पनि अहिलेसम्म निर्वाचन आयोगको बुँदामा यी कुराहरु समावेश नगरेको भन्दै उपाध्यायले उक्त मागहरु पुरा गर्न माग गर्दै संसद तथा राजनीतिक दललाई पत्र समेत काटेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments