Incident Reports

बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको 'महाअभियान'को प्रदर्शन

2023-03-04

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको बानेश्वरमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन भएको छ। शनिबार दिउँसो माइतीघर मण्डलामा भेला भएर नाराबाजी गर्दै प्रदर्शनकारीहरू नयाँ बानेश्वर पुगेका हुन्। उनीहरूले नयाँ बानेश्वरमा कोणसभा गरेका छन्। आर्थिक अन्याय र बेथितिविरूद्ध आन्दोलन गरेको उनीहरूको भनाइ छ। उनीहरूले राजतन्‍त्र फर्काउनुपर्ने, संघीयता खारेजीको मागसहित नाराबाजी समेत गरेका छन्।

प्रदर्शनकारीले राष्ट्रिय झन्डा समेत बोकेका छन्।

पछिल्लो समय दुर्गा प्रसाईं राजतन्त्र फर्काउने अभियानमा लागेका छन्। उनले गत फागुन १ गते काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए। उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए। उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए। २०४६ साल अघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो। राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हकसमेत कुण्ठित थिए।

गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन्। यस्तै पार्टीले कारबाही गर्न लागेको थाहा पाएसँगै उनले सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गर्दै आएका थिए। उनलाई नेकपा एमालेले निष्कासित गरिसकेको छ। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। ओलीले पनि उनको गतिविधिबारे पानीको लेभल मिल्दै जाने बताएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments