Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2022-12-14

Province 1, Panchthar, Phidim, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला, फिदिम नगरपालिका –३ स्थायी घर भई आठराई गाउँपालिका–१ चण्डालमा बस्दै आएका ५६ वर्षीय नरेन्द्रकुमार राईलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व फागुन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितले आफ्नो नातीसँग बिवाह गराई दिन्छु भनि प्रलोभनमा पारेर बलात्कार गरेको पीडित बालिकाका दाजुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि आठराई गाउँपालिका–१ चण्डालबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिञ्जो भोटेले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन १८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments