Incident Reports

हेटौँडामा बैंकविरुद्ध व्यवसायीको प्रदर्शन

2023-03-05

Bagmati, Makawanpur, Hetauda

बागमती प्रदेशको राजधानी हेटौँडामा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको विरोध प्रदर्शनमा सातदिने विरोधका कार्यक्रमसमेत तय गरेका छन् । उनीहरूले विरोधस्वरूप पहिलो दिन आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् । विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्लामा रहेका विभिन्न संघ–संस्थामा आबद्ध व्यक्ति तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

उनीहरूले बैंकहरूको ब्याजका कारण सम्पूर्ण उद्योगी–व्यवसायी आर्थिक एवं मानसिक रूपमा पीडित हुनुपरेको जनाएका छन् । बैंकको ब्याजविरुद्ध सुरु भएको प्रदर्शनअन्तर्गत फागुन २४ गते दिउँसो हेटौँडा बजारको बुद्धचोकमा उपस्थित भएर शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवालले जानकारी दिए । यस्तै, अध्यक्ष अग्रवालले विरोध कार्यक्रमअन्तर्गत फागुन २५ र २६ मा बैंकहरूमा दुई घन्टा शान्तिपूर्ण धर्ना दिने, फागुन २८ गते बैंकहरूमा व्यवसायीहरूले नगद डिपोजिट नगर्ने, फागुन ३० गते शान्तिपूर्ण रूपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis