Incident Reports

रूपन्देहीमा एक पुरूषको हत्या

2023-03-08

Lumbini, Rupandehi, Sainamaina, Ward 1

रूपन्देहीमा एक पुरूषको शव फेला परेको छ। बुधबार बिहान पौने ९ बजे सैनामैना नगरपालिका-२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी श्यामु अर्यालले जानकारी दिए। पुरूषको टाउकोमा धारिलो वस्तु प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी अर्यालले बताए। अन्दाजी ४० वर्षीय पुरूषको सनाखत भइसकेको छैन।

शव फेला परेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट र गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल भैरहवाबाट तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ। प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा समेत लिएको डिएसपी अर्यालले बताए। ईलाका प्रहरी कार्यालय बुटवलबाट यस घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports