2023-03-05
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका– ६ का ४० वर्षीय नरमान तामाङलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ । कक्षा ६ मा अध्ययनरत बालिकाको बहिनी बिरामी भएपछि घरमा पुर्याएर विद्यालय फर्कने क्रममा बा.१४ च. ४३३३ नम्बरको गाडिमा सवार तामाङले बालिकाको पिछा गर्दै बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीले प्रहरीलाई खबर गरेका थिए । स्थानियले गरेको खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले फागुन २१ गते आरोपितलाई गिरफ्तार गरेको हो । पीडित पक्षले आरोपित विरूद्ध फागुन २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित उजुरी दिएका छन् । तामाङले उक्त आरोपको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार बि.क. ले बताउनु भयो । आरोपितलाई हाल प्रहरी हिरासतमा राखिएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19