Incident Reports

बलात्कार पछि हत्याको आशङ्का

2014-10-16

Madhes, Siraha, Golbazar

Durga Pariyar बलकवा गाविस-९ कि ३५ वर्षीया गीतादेवी सदाको बलात्कार पछि हत्या गरिएको आशङ्का गरिएको छ । असोज २९ गते दिउँसो घास काटन घरबाट हिँडेकी सदाको लास सोही वडाको उखुबारीमा ३० गते बिहान उनका पतिले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बिहान खाना खाएर आफू काममा हिँडेको र बेलुका घरमा आउँदा पत्नीलाई नदेखेपछि छिमेकसहित खोजतलासमा निस्किएको मृतकका पति अरुण सदाले बताए । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर हरि खतिवडाका अनुसार मृतकको कञ्चटमा चोट देखिएको र घाँटीमा नीलडाम देखिएकोले मृतकको हत्या भएको हुन सक्ने बताए । लाश नजिकै कण्डमको खोल पनि फेला परेकोले बलात्कार पछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि विस्तृत विवरण पोष्टमार्टम पछि मात्र आउने उनले बताए । शवको पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका अस्पतालमा असोज ३० गते पठाइएको छ । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis