Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-03-09

Sudurpashchim, Darchula, Dunhu, Ward 1

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुहुँ गाउँपालिका–४ का ३६ वर्षीया इन्द्रबहादुर बमलाई फागुन २७ गते गिरफ्तार गरेको छ । फागुन २६ गते राति घरमै आएर युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई घरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर जगतगाहा मगरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत मुद्दा समेत दर्ता गरिएको इन्स्पेक्टर मगरले बताउनु भयो । घरमा कोही नभएको मौकाछोपी आरोपितले रातिको समयमा घरमै आएर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments