Incident Reports

बलात्कार घटनामा संलग्न अरोपितलाई २० वर्षकैद

2014-10-15

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timalsina ललितपुर । ०७१ असोज ३० गते १५ वर्षीया बलात्कार गर्ने ३७ वर्षीय पुरुषलाई ललितपुर जिल्ला अदालतले असोज २९ गते २० वर्षको कैद सजाय सुनाएको छ । पीडित बालिकालाई चार वर्षेदेखि डरधाक देखाइ बलात्कार गर्दै आएका आरोपितविरुद्ध वैशाख २९ गते प्रहरीमा उजुरी परेपछि प्रहरीले गिरफ्तार गरी जेठ २२ गते जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २० वर्षकैद सजायको फैसला गरेको हो । घरमा कोही नभएको मौकामा आरोपितले पीडित ११ वर्षका हुँदादेखि नै बलात्कार गर्दै आएको भनी पीडितकी आमाले प्रहरीमा उजुरी गरेकी थिइन् । अदालतले बालिकाको मानसिक र शारीरिक स्वास्थ्यको नियमित जाँच र उच्च शिक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन सरकारका नाममा आदेश गरेको छ । त्यसैगरी बालिकाको शारीरिक, मानसिक र मनौवैज्ञानिक क्षतिवापत राज्यकोषबाट एकमुष्ट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको जिल्ला अदालत ललितपुरका प्रवक्ता कौशल ज्ञवालीले जानकारी दिएका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis